अनेरास्ववियु ओखलढुङ्गाको अध्यक्षमा अर्जुन गिरी निर्वाचित
ओखलढुङ्गान्युज, २१ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ओखलढुङ्गाको अध्यक्षमा अर्जुन गिरी सर्वसम्मत निर्वाचित भएका छन् । अनेरास्ववियुको शुक्रबार रामपुरमा सम्पन्न भएको ११ औं जिल्ला अधिवेशनले अध्यक्ष गिरीको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
अध्यक्ष गिरीको नेतृत्वमा रहेको अनेरास्ववियुको जिल्ला उपाध्यक्षमा सविन कार्की र लक्ष्मी दाहाल, सचिवमा शुशिल घिमिरे, सहसचिवमा अनुशा खतिवडा र चोलेन्द्र भुजेल तथा कोषाध्यक्षमा पुरुषोत्तम दाहाल रहेका छन् । त्यस्तै सदस्यहरुमा सुवास धमला, प्रतिरोध तामाङ, निराजन भट्टराई लगायत रहेका छन् ।
अनेरास्ववियु विद्यार्थी संगठन नेकपा एमालेको मुख्य भातृ संगठन हो । अन्य विद्यार्थी संगठनको जस्तै जिल्ला अधिवेशन गर्न नसक्ने रोग खेपेको अनेरास्ववियुले ९ बर्ष पछि भएपनि यसपटक भने अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट नयाँ कार्यसमिति निर्माण भएसँगै विद्यार्थी संगठन चलायमान बन्ने तथा प्रत्येक पालिकाको मावि स्कुलमा संगठन विस्तार गरिने अनेरास्ववियु ओखलढुङ्गा इन्चार्ज इन्दिरा खतिवडाले बताइन ।