प्रथम तालेपोखरी कप भलिवल: को को पुगे क्वाटरफाइनल ?
ओखलढुङ्गान्युज, १८ माघ । चिशंखुगढी गाँउपालिका वडा नं. ६ भदौरेले आयोजना गरेको वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को लिग चरणको खेलहरु सकिएको छ । लिग चरणको खेलहरु सकिएसँगै १९ गतेदेखि क्वाटरफाइनलका खेलहरु सुरुवात हुनेछन् ।
लिग चरणको खेलहरु सकिदा पोल ए बाट टीम विजेता हुदै आयोजक ए भदौरे र उपविजेता हुँदै लामिडाँडा खोटाङ क्वाटरफाइनल प्रवेश गरेको छ । पोल बी बाट विजेता हुदै दियाले ओखलढुङ्गा र उपविजेता हुँदै ज्यामिरे खोटाङ क्वाटरफाइनल प्रवेश गरेको छ ।
त्यसैगरी पोल सी बाट विजेता हुदै पंखु ओखलढुङ्गा र उपविजेता हुँदै डुम्रे खोटाङ तथा पोल डी बाट टीम विजेता हुदै कुइभिर ओखलढुङ्गा र उपविजेता हुँदै सल्लेरी ओखलढुङ्गा क्वाटरफाइनल प्रवेश गरेको छ ।क्वाटरफाइनलमा अब आयोजक ए ले डुम्रेसँग, दियालेले सल्लेरीसँग, पंखुले लामीडाँडासँग र कुइभिरले ज्यामिरेसँग खेल्नेछ । क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु माघ १९ गते विहानै देखी सुरुवात हुने आयोजक वडाका वडा अध्यक्ष बलराम कटवालले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद रु १ लाख १ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो हुने टिमले नगद रु ७५ हजार १ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र, तेश्रो हुने टिमले नगद रु ५० हजार १ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र तथा चौथो अर्थात सान्त्वना हुने टिमले नगद रु २५ हजार १ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडिले नगद रु ५,५५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ओपन स्पाइक, उत्कृष्ट क्विक स्पाइक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भरलाइ जनही नगद रु ३,३३३ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नव उदियमान खेलाडी १ जना तथा अनुशासित १ जना खेलाडीलाई पनि नगद रु ३,३३३ प्रदान गरिने आयोजकले जनाएको छ ।