ठुलाछापका तामाङ समुदायलाई वडा अध्यक्षले दिए ल्होसार मनाउन ड्रेस
ओखलढुङ्गान्युज, १६ माघ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ का तामाङ समुदायलाई वडा अध्यक्ष बशन्त कटवालले तामाङ ड्रेस वितरण गरेका छन् । वडा अध्यक्ष कटवालले बुधबार विहान तामाङ बस्तीमा नै पुगेर तामाङ समुदायले लगाउने सांस्कृतिक ड्रेस वितरण गरेका हुन् ।
आफ्नो वडामा पनि तामाङ समुदायको वस्ती रहेको र उनीहरुको संस्कृतिकलाइ बचाइ राख्ने उद्देश्यले यस वर्ष एक परिवार एकथान तामाङ ड्रेस वितरण गरेको वडा अध्यक्ष कटवालले बताए । तामाङ समुदायको महान पर्व ल्होसार नजिकै आएको बेला चाडमा उनिहरुको संस्कार झल्काउने सांस्कृतिक ड्रेसको प्रदर्शन तथा संरक्षण होस भन्ने आफ्नो उद्देश्य रहेकाे वडा अध्यक्ष कटवालको भनाई छ ।
सिद्धिचरण नगरपालिकाले विनियोजन गरेको चालु आर्थिक वर्षको ठुलाछापका लागि विनियोजित बजेटबाट उक्त ड्रेस खरिद गरेर वितरण गरिएको हो । तामाङ समुदायले माघ १७ गते विभिन्न कार्यक्रमका बिच ल्होसार पर्व मनाउदै छन् । सिद्धिचरण नगरपालिका वडा २ ठुलाछापमा १४ घर तामाङ समुदायको वस्ती रहेको छ।