नेपाली समय Loading...२०८२ बैशाख ५ शुक्रबार

सुनकोशीमा राष्ट्रपति रनिङशिल्डको उपाधी प्रबुद्धलाई


ओखलढुङ्गान्युज, १३ माघ । सुनकोशी गाँउपालिकामा आइतबार सम्पन्न भएको अन्तरविद्यालय स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रबुद्ध मावि च्यानमले जितेको छ । प्रबुद्ध मावि च्यानमले १४ स्वर्ण ६ रजत र १ कास्य सहित कूल २१ पदका साथ उपाधि जितेको हो ।
त्यस्तै कालिका मावि सिस्नेरीले ५ स्वर्ण, ३ रजत र ३ कास्य सहित कूल ११ पदकका साथ दोश्रो बनेको छ । ३ स्वर्ण, ७ रजत र १ कास्य पदक सहित कुल ११ पदकका साथ थानी मावि जेरुङ तेश्रो बनेको छ ।


त्यस्तै गरि सम्पन्न भएको प्रतियोगितामा कटुञ्जे माविले ३ स्वर्ण र ४ कास्य, चौतारा मावि डाँडाखर्कले २ स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त गरेको छ । प्रतियोगितामा बलखु मावि बलखुले १ स्वर्ण, ३ रजत र ५ कास्य, जगत जननी माविले १ स्वर्ण र २ रजत, दामती मावि पाराले १ स्वर्ण र ४ कास्य, सुनकोशी माविले २ रजत र ४ कास्य प्राप्त गरेको छ ।
त्यस्तै पन्चकन्या माविले १ रजत, कुशादेवी माविले १ कास्य, आरुभन्ज्याङ माविले १ कास्य पदक प्राप्त गरेको छ भने कालिका मावि कोष भन्ज्याङले भने खाता खोल्न सकेन ।
प्रतियोगिताको समापन सत्रमा गत वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगितामा सुनकोशी गाँउपालिकाको प्रतिनिधित्व गरि खेलेर स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाइ जनही २/२ हजार प्रदान गर्ने गाँउ पालिकाका अध्यक्ष कमल तामाङले गरेको घोषणा बमोजिम ९ वटा स्वर्ण पदक विजेता खेलाडीलाई पनि जनही २/२ हजारका साथ सम्मान गरिएको थियो ।


प्रथम बनेको प्रबुद्ध मावि च्यानमले नगद, शिल्ड सहित १५ तोला चाँदी र आधा तोला सुनको जलप भएको रनिङशिल्डको उपाधी जितेको छ । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगितामा सुनकोशी गाँउपालिकाका १३ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए । प्रबुद्ध मावि च्यानम गत वर्षको पनि विजेता हो ।