नेपाली समय Loading...२०८२ बैशाख ५ शुक्रबार

प्रथम तालेपोखरी भलिवल कप: विजेताले पाउनेछन् नगद १ लाख १ रुपैयाँ 

ओखलढुङ्गान्युज, १२ माघ । आगामी माघ १६ गते देखि जिल्लाको चिशंखुगढी गाँउपालिकामा प्रथम तालेपोखरी वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुनेभएको छ । चिशंखुगढी गाँउपालिकाको वडा नं. ६ भदौरेको तालेपोखरीमा वडा कार्यालयले प्रतियोगिताको आयोजना गरेको हो । 

वडा स्तरीय प्रथम तालेपोखरी कप भलिवल प्रतियोगिताका विजेताले नगद रु १ लाख १ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो हुने टिमले नगद रु ७५ हजार १ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र, तेश्रो हुने टिमले नगद रु ५० हजार १ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र तथा चौथो अर्थात सान्त्वना हुने टिमले नगद रु २५ हजार १ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिले नगद रु ५,५५५ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट ओपन स्पाइक, उत्कृष्ट क्विक स्पाइक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भरलाइ जनही नगद रु ३३३३ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नव उदियमान खेलाडी १ जना तथा अनुशासित १ जना खेलाडीलाई पनि नगद रु ३३३३ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई आयोजकको तर्फबाट एकथान टी-सर्ट प्रदान गरिने छ । चिशंखुगढी गाँउपालिकाको तालेपोखरीमा रहेको पर्यटकीय तथा धार्मिक तिर्थस्थलको खेलकुदको माध्यमबाट प्रचार प्रसार गर्ने उद्देश्यका साथ प्रथम तालेपोखरी कप वडा स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता माघ १९ गते सम्म सन्चालन हुनेछ ।