नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

सुनकोशीमा राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता सुरु 

ओखलढुङ्गान्युज, ११ माघ । जिल्लाको सुनकोशी गाउँपालिकाको मूलखर्कमा (आज) शुक्रबारबाट अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सुनकोशी गाँउपालिका वडा नं. ५ को मूलखर्कको फुटबल खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा सुनकोशी गाँउपालिकाका १३ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन १ सय मिटर , ८ सय र १५ सय मिटर तर्फको एथलेटिक्स सकिएको सुनकोशी गाँउपालिकाका शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङले जानकारी दिए । 

प्रतियोगिताको पहिलो दिन २ स्वर्ण र २ रजत सहित कूल ४ पदकका प्रबुद्ध मावि च्यानमले साथ उत्कृष्ट सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो दिन थानी मावि सिस्नेरी जेररुङले २ स्वर्ण १ रजत, कालिका मावि सिस्नेरीले २ स्वर्ण र १ कास्य, बलखु माविले २ रजत र १ कास्य, कटुञ्जे माविले २ कास्य, दामती माविले १ कास्य र चौतारा मावि डाँडाखर्कले १ कास्य पदक प्राप्त गरेका छन् । 

प्रतियोगिताको राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति संघीय माननिय रामहरि खतिवडाले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन सत्रलाई प्रमुख अतिथि सँगै विशेष अतिथी सुनकोशी गाँउपालिकाका सस्थापक अध्यक्ष रुद्र प्रसाद अधिकारी, गाँउपालिका अध्यक्ष कमल तामाङ लगायतले शुभकामना सम्बोधन गरेका थिए । प्रतियोगिता माघ १३ गते सम्म सन्चालन हुनेछ ।