नेपाली समय Loading...२०८१ माघ ९ बुधबार

चिशंखुगढी: राष्ट्रपति रनिङशिल्डमा १० स्वर्ण सहित माम्खालाइ अग्रता 

ओखलढुङ्गान्युज, ८ माघ । चिशंखुगढी गाँउपालिकामा जारी अन्तरविद्यालय स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा माम्खा माविले अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा माम्खा मावि माम्खाले १९ पदकका साथ अग्रता लिएको हो ।

दोश्रो दिनको खेल सकिएर २२ स्वर्णको टुङ्गो लाग्दा सम्म माम्खा मावि माम्खाले १० स्वर्ण, ६ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै कुइभिर मावि कुइभिरले ६ स्वर्ण, ४ रजत र ५ कास्य सहित कूल १५ पदक प्राप्त गर्दै माम्खा माविलाई पछ्याई रहेको छ । जाल्पा मावि कालिमाटीले पनि ४ स्वर्ण, १ रजत र ३ काश्य सहित ८ पदक प्राप्त गरेको छ । 

त्यसैगरी महेश्वर माविले १ स्वर्ण, ७ रजत र २ कास्य, सरस्वती मावि खानीभन्ज्याङले १ स्वर्ण, ३ रजत र २ कास्य सहित ६ पदक, छात्रप्रगती माविले १ रजत र ५ कास्य तथा जाल्पा मावि दियालेले १ कास्य पदक प्राप्त गरेको छ ।

दोश्रो दिन सम्पन्न भएको कबड्डी तर्फको फाइनल खेलमा छात्र तर्फ सरस्वती मावि खानीभन्ज्याङ प्रथम तथा माम्खा मावि माम्खाले रजत पदक प्राप्त गरेको छ । त्यस्तै छात्रा तर्फ भने जाल्पा मावि कालिमाटी प्रथम, सरस्वती मावि खानीभन्ज्याङ द्वितीय तथा माम्खा मावि र महेश्वर मावि तृतीय भएका छन् । प्रतियोगिता बुधबार सकिदैछ । प्रतियोगिताको अघिल्लो बर्षको रनिङशिल्ड बिजेता माम्खा मावि रहेको थियो ।