नेपाली समय Loading...२०८१ माघ ९ बुधबार

चिशंखुगढीमा दोश्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु 

ओखलढुङ्गान्युज, ८ माघ । जिल्लाको चिशंखुगढी गाँउपालिकामा शोमबारबाट पालिकाको अन्तरविद्यालय स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाँउपालिकाको वडा नं. ८ माम्खामा रहेको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा चिशंखुगढी गाँउपालिकाका सातवटा माद्यमिक बिद्यालयहरुले सहभागिता जनाएका छन् । विहिबार सम्म सन्चालन हुने प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य सहित ९० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।‌ 

प्रतियोगिताको राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति संघीय माननिय माननिय रामहरि खतिवडाले उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद खतिवडाले खेलले नाम, दाम र राष्ट्रको नाम उच्च बनाउनुका साथै खेलाडीको स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए ।

चिशंखुगढीबाटै उत्पादन भएका केहि खेलाडीहरुले देशकै नाम उच्च समेत पारेको भन्दै चिशंखुगढीले खेलकुद क्षेत्रमा गरेको लगानी प्रति धन्यवाद दिए । सम्बोधनका क्रममा सांसद खतिवडाले खेलकुदको विकासका लागि खेलमैदानको आवश्यककता पर्ने र चिशंखुगढी गाँउपालिकाको खेलमैदान विकासका लागि आफुले सकेको केहि बजेटको सम्बोधन गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।