नेपाली समय Loading...२०८१ पुस २१ आईतवार

ओखलढुङ्गेली गायीका कविता खत्रीको ‘नमस्ते ढोगदिया’ सार्बजनिक

ओखलढुङ्गान्युज, १८ पुष । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाईरल बन्दै गरेको ढोगदिया शब्दसँग सम्बन्धित नयाँ गित नमस्ते ढोगदिया सार्वजनिक भएको छ । ओखलढुङ्गेली चेली गायीक कविता खत्रीले आफ्नो यूट्युव च्यानलबाट नमस्ते ढोगदिया गीत सार्वजनिक गरेकी हुन् । 

यो ढोगदिया शब्द सुदुरपश्चिम क्षेत्रमा आफुभन्दा ठूला मान्यजनहरुमा आदर सत्कारका लागि प्रयोग गर्ने गरिन्छ । यहि ढोगदिया शब्दलाई समेटेर गीतकार रमेश परियारले शब्दसृजना मार्फत नमस्ते ढोगदिया गीत सिर्जना गरेका हुन् । सार्वजनिक भएको गीतको शब्द ढोगदिया नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को फाइनल खेलताका टिकटकमा एक महिलाले सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा भाईरल छ । 

सार्वजनिक भएको गीतलाई शब्द सृजना तथा संगीतबद्ध रमेश परियारले नै गरेका हुन् । गीतमा संगीतको संयोजन भने विश्वास नेपालले गरेका हुन् । गीतमा गायीका कविता खत्री आफै र खेम सेञ्चुरीले आवाज भरेका छन् । बुधबार सार्वजनिक भएको उक्त गीतको भिडियोमा पुष्प बहादुर खड्का र उषा उप्रेतीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । 

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. ७ गाम्नाङटारमा जन्मिएकी खत्रीले स्वर भरेका एक दर्जन भन्दा बढी गीतहरु सार्वजनिक भएका छन् । ती मध्ये ‘देउ न त्यो मन, ‘बिउ खायो चल्लैले’, ‘तीन पाने’, तीज गीत ‘बिहे अघि दिन्न म’ लगायत गीतहरु बजारमा निकै चर्चामा छन् । गायीका खत्री राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाकी प्रथम उपाध्यक्ष पनि हुन् । 

सार्वजनिक गीत प्रेमी र प्रेमिकाको सम्बन्धको बारेमा बयान गरिएको छ । गीत मार्फत आफूहरुले सुदुरपश्चिम क्षेत्रमा प्रचलनमा रहेको भाषा, संस्कार र संस्कृतिको संरक्षण एवम् जगेर्ना गर्ने उद्धेश्य लिएको गायीका कविता खत्रीले बताईन् । गीतलाई बुधबार आफ्नो युट्युवबाट सार्वजनिक गरेकोले गीतलाई सुनेर र हेरेर प्रतिक्रिया दिन गायीका खत्रीले सबैलाई आग्रह गरिन् ।

गीत सुन्न यहाँ क्लिक गर्नुहोस्  :