नेपाली समय Loading...२०८१ पुस २१ आईतवार

भूकम्पले हल्लायो काठमाडौँ

ओखलढुङ्गान्युज, १८ पुष । काठमाडौंमा बिहीबार दिउँसो (आज) भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो १ बजेर २ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।

आज दिउँसो नेपाल-चीन सीमा क्षेत्र नजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको उक्त भूकम्पको धक्का काठमाडाैंमा पनि महसुस गरिएको हो ।

भुकम्प मापन केन्द्रका अनुसार यसअघि १६ पुषमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।