नेपाली समय Loading...२०८१ पुस ७ आईतवार

तेस्रो राष्ट्रपति रनिङसिल्डको उपाधि सुनकेशरीलाई 

ओखलढुङ्गान्युज, ५ पुष । चम्पादेवी गाउँपालिकाको घोराखोरीमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिताको उपाधि सुनकेशरी मावि रानीवनले जितेको छ । बिहिबार घोराखोरीमा सम्पन्न चम्पादेवी गाउँपालिका अन्तरमाध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिताको उपाधि सुनकेसरी मावि रानीवनले जितेको हो ।  

सुनकेसरी मावि रानीवनले ६ स्वर्ण, ६ काश्य पदक सहित कुल १२ पदक प्राप्त गर्दै प्रथम भएको हो । त्यस्तै नवजीवन मावि फेदिगुठले ५ स्वर्ण, २ रजत र ३ काश्य सहित १० पदकका साथ दोस्रो भएको छ । त्यस्तै ज्ञानप्रकाश मावि फुलबारीले ४ स्वर्ण, ६ रजत र १ काश्य सहित ११ पदकका साथ तेस्रो बनेको छ । 

गत पुस १ गतेदेखि सुरु भएर बिहिबार सम्पन्न भएको खेलमा ज्ञान प्रकाश मावि घोराखोरीले ४ स्वर्ण, ४ रजत र ५ काश्य प्राप्त गरेको छ । त्यस्तै गोल्मादेवी मावि पलापुले ३ स्वर्ण ६ रजत र ४ काश्यपदक प्राप्त गरेको छ । 

प्रतियोगितामा जीवन ज्योति मावि मिश्रभन्ज्याङले ३ स्वर्ण, १ रजत, १ कास्य सहित ५ पदक, कल्पेश्वर मावि बिलन्दुले २ स्वर्ण, ६ रजत, २ काश्य सहित १० पदक, बाल ज्योति मावि चित्रेले २ स्वर्ण, १ रजत ३ काश्य सहित ६ पदक र नवलपुर मावि नवलपुरले १ स्वर्ण, ४ रजत र ५ काश्य सहित १० पदक जितेको छ।

गत पुष १ गतेदेखि सुरु भएको प्रतियोगिता ३ गतेसम्म मात्र रहेको भएपनि समय अभाव भएपछि कबड्डी विधा र भलिबल विधातर्फका फाइनल प्रतिस्पर्धा ४ गते मात्र भएको हो । प्रतियोगिता सकिएसँगै तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि सुनकेसरी मावि रानीवनले जितेको हो । आगामी चौथो राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको आयोजक पनि सुनकेसरी मावि रानीवन रहेको छ ।

प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयहरुलाई चम्पादेवी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा वडा अध्यक्षहरुले सिल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।