नेपाली समय Loading...२०८१ चैत्र २८ बिहीबार

ओखलढुङ्गामा रुखबाट लडेर एक पुरुषको मृत्यु

ओखलढुङ्गान्युज, २४ मंशिर जिल्लाको मोलुङ गाउँपालिकामा रुखमा चढेर घाँस झार्ने क्रममा रुखबाट लड्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ४ हर्कपुरका ६२ बर्षिय शोम प्रसाद खतिवडा रहेका छन् ।

खतिवडा आईतबार विहान करीब साँढे ९ बजेतिर घाँस झार्न भनि आफूले किनेको बडहरको रुखमा चढेका थिए । बडहरको घाँस झार्ने क्रममा खतिवडा अचानक रुखबाट चिप्लिएर तल खसेका थिए । रुखबाट लडेर घाईते भएका खतिवडालाई तत्काल उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल मिसन सोब्रुमा ल्याईएको थियो । तर उपचारका क्रममा अपरान्ह ४ बजेतिर अस्पतालमा नै मृत्यु भएको खतिवडाको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

खतिवडाको मृत्यु भएपछि उनको शबलाई आइतबार नै पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पु¥याईएको छ । शबको पोष्ट मार्टम गरि कानुनी प्रकृया पु¥याएर परिवारलाई जिम्मा लगाईने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।