मोलुङमा एमालेका उम्मेदवार तामाङ विजयी
ओखलढुङ्गान्युज, १७ मङ्सिर । उपनिर्वाचन अन्तर्गत ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन् । हिजो सम्पन्न भएको वडा अध्यक्ष पदको निर्वाचनमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ ३९९ मतका साथ वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।
वडा अध्यक्ष पदमा विजय भएका तामाङले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका घनश्याम दाहाललाई २२ मतले पछाडि पार्दै विजयी भएका हुन् । काङ्ग्रेसका घनश्याम दाहालले १७७ मत मात्र प्राप्त गर्न सफल भए । त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरे। त्यस्तै चौथो स्थानमा नेकपा माओवादी केन्द्रका मानबहादुर तामाङले २३ मत प्राप्त गरे ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा मोलुङ गाउँपालिका वडा नम्बर ५ प्राप्चा अर्थात् उक्त वडामा नेपाली कांग्रेसका गोपी कार्की विजयी भएका थिए । उनले एमालेका उम्मेदवार गोपाल नेपाललाई २७ मतले पछाडि पार्दै विजयी भएका थिए । विजयी भएका कार्कीको हड्डीको क्यान्सर रोगका कारण मृत्यु भएपछि उनको स्थानमा वडा अध्यक्ष पदमा पुन मंसिर १६ गते उपनिर्वाचन भएको हो।