बोक्सीको आरोपमा दैलेखमा एक पुरुषको हत्या
प्रकासित मिति : २०८१, ६ मंसिर बिहीबार २१:३३
प्रकासित समय : २१:३३
ओखलढुङ्गान्युज, ६ मंसिर । दैलेख जिल्लाको दुल्लू नगरपालिका वडा नं. १३ मा बोक्सी लगाएको आरोपमा एक पुरुषको हत्या भएको छ । हत्या हुनेमा दुल्लू नगरपालिका वडा नं. १३ मालिकाको खडिकाधारा भन्ने स्थानका ५६ बर्षिय कर्ण बहादुर कामी रहेका छन् ।
आफुलाई बोक्सी लगाएर विरामी पारेको भन्दै आफ्नै भाइ नाता पर्ने ४३ बर्षका भुवनसिंह बिकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । भुवनले दाजु नाता पर्ने कर्ण बहादुरको घरमा नै पुगेर बुधबार बेलुकी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताए ।
हत्या भएका कर्ण बहादुरको शब दुल्लू अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाएको प्रहरी निरीक्षक सुनारले बताए । आरोपित बिकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।