नेपाली समय Loading...२०८१ मंसिर ६ बिहीबार

रुसी भूमिमा युक्रेनको बेलायती लामो दुरीको मिसायल प्रहार

ओखलढुङ्गान्युज, मंसिर रुस र युक्रेन बिच युद्ध सुरु भएको एक हजार दिन पुगेपछि युक्रेनले बेलायतले दिएको लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गरेको छ । युद्ध सुरु भएको हजार दिन पुगेको दिन युक्रेनले रुसमा पहिलो पटक अमेरीकी लामो दुरीको मिसाइल प्रहार गरेको थियो । अमेरीकी मिसाईल प्रहार गरेको दोश्रो दिन नै युक्रेनले फेरी बेलायती मिसाइल प्रहार गरेको हो ।

युक्रेनले प्रहार गरेको अमेरिकी तथा बेलायती मिसाईल आक्रमणको भिडियो फुटेज रुसी युद्ध संबाददाताहरुले टेलिग्राममा पोष्ट गरेका छन् । उक्त भिडियो फुटेजमा युक्रेनको सिमानामा रहेको क्रुस्क क्षेत्रको आवासीय क्षेत्रमा मिसाईल आक्रमण भएको देखाईएको छ । मिसाईल  आक्रमण भएपछि उक्त क्षेत्रमा केकति क्षति भयो भन्ने बारेमा केहि पनि सार्वजनिक नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युद्ध सुरु भएको एकहजार दिन पुगेपछि अमेरिकाले युक्रेनलाई आफूले दिएको लामो दुरीको मिसाई प्रयोग गर्न अनुमति दिएको थियो । अमेरिकाले अनुमति दिएसँगै बेलायतले पनि आफूले दिएको लामो दुरीको मिसाइल प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको थियो । अमेरिकाको अनुमति पाएसँगै युक्रेनले पहिला अमेरिकी छ ओटा मिसाईलबाट रुसमा आक्रमण गरेको थियो । छ ओटा मिसाईल मध्ये पाँच ओटालाई रुसले आकाशमा नै ध्वस्त बनाएको जनाएको छ ।

अमेरिका र बेलायतले दिएको लामो दुरीको मिसाईलबाट युक्रेनले रुसमा आक्रमण सुरुवात गरेपछि थप युद्ध चर्किने त्रास बढेको छ ।