स्थानिय तह उपनिर्वाचन: मोलुङमा वडा अध्यक्षको लागि ८ जनाको उम्मेद्वारी
ओखलढुङ्गान्युज, २ मंसिर । आगामी मंशिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत ओखलढुङ्गाको मोलुङमा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ५ प्राप्चाको १ वडा अध्यक्ष पदका लागि २ जना स्वतन्त्र सहित आज ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
१ जना वडा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका मान बहादुर तामाङ्, एमालेका गंगा बहादुर तामाङ, कांग्रेसका घनश्याम दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णु प्रसाद पोख्रेलले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालका इन्द्र बहादुर दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहाल र स्वतन्त्र तर्फ दिप बहादुर दाहाल खत्री तथा हेम बहादुर सुनुवारले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोलुङ ५, प्राप्चाले जनाएको छ ।
गत २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसको तर्फबाट गोपीकृष्ण कार्की वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए । वडा अध्यक्ष कार्कीको गत जेठ ३० गते काठमाडौंमा उपचारका क्रममा हड्डीको क्यान्सरको कारण मृत्यु भएपछि उक्त स्थानमा मंशिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।