नेपाली समय Loading...२०८१ मंसिर ६ बिहीबार

स्वास्थ्य विमा गरेका विरामीले आजबाट छुट नपाउने

ओखलढुङ्गान्युज, मंशीर आज अर्थात मंशीर २ बाट स्वास्थ्य विमा गरेका विरामीले पनि अस्पतालमा उपचार गर्दा छुट नपाउने भएका छन् । ओखलढुङ्गामा रहेको सामुदायीक अस्पतालमा उपचार गर्न आउने स्वास्थ्य विमा गरेका विरामीहरुले पनि सरकारले तोकेको नियम अनुसारको छुट नपाउने भएका हुन् ।

सामुदायीक अस्पताल मिसन, सोब्रुले मंशिर १ गते शनिबार एक सूचना प्रकाशित गर्दै शनिबार बाट नै स्वास्थ्य विमा गरेका विरामीले पनि अस्पतालबाट छुट नपाउने जानकारी गराएको हो । अस्पतालले सूचना जारी गर्दै नेपाल सरकारसँग गरेको स्वास्थ्य विमा सम्बन्धीको सम्झौता कार्तिक ३० गतेबाट सकिएको र नयाँ नविकरण नभएकोले सेवाग्राहरुको विमा सुबिधा अबरुद्ध भएको जनाएको छ ।

अस्पतालले सूचनामा भनेको छ, ‘सामुदायीक अस्पताल र स्वास्थ्य विमा बोर्डको स्वास्थ्य विमा कार्यक्रम सञ्चालन कार्यक्रमका विच भएको सम्झौता कार्तिक ३० गते सकिएकोले अर्को सम्झौता नभएसम्मका लागि स्वास्थ्य विमा सेवा कार्यक्रम हालका लागि स्थगित भएको छ ।’

अस्पतालले शनिवार आकस्मिक सूचना निकाल्दा शनिवार अस्पतालमा सेवा लिन पुगेको स्वास्थ्य विमा गरेको विरामीहरु मर्कामा परेका छन् । अस्पतालले सूचना निकालेर स्वास्थ्य विमा सेवा कार्यक्रम स्थगित भएको जानकारी गराएपछि सामाजिक सञ्जाल मार्फत ओखलढुङ्गामा विरोध सुरु भएको छ ।

अस्पतालले जारी गरेको सूचना