नेपाली समय Loading...२०८१ कार्तिक २८ बुधबार

आज भाइटिका, उत्तम साईत ११ बजेर ३७ मिनेटमा

ओखलढुङ्गान्युज, १८ कातिक । हिन्दूहरुको महान् पर्व तिहार अर्थात यमपञ्चकको आज अन्तिम दिन भाइटिका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितिया तिथिको दिन मनाईने यो पर्वमा आज दाजुभाइले दिदी बहिनीहरुबाट टिका ग्रहण गर्दैछन् ।

आज भाइटिकाको उत्तम साईत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिदै छन् । टिका लगाईदिएर दाजुभाइलाई मिस्ठान्न परिकारहरु दिने परम्परा छ ।

आज लगाईने भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेहरुका लागि बिहान ११ बजेर ३७ मिनेटमा उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइ माग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।