नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

एकहप्तादेखी मन्थली लुक्ला हवाई उडान ठप्प

ओखलढुङ्गान्युज, ३ कातिक । झण्डै एकहप्ता देखी मन्थली लुक्लाको हवाई उडान ठप्प भएको छ । मौसममा आएको खराबीका कारण ६ दिनदेखि लुक्लामा हवाइ उडान प्रभावित बनेको हो । 

झण्डै एकहप्ताको अबधीमा २ सय ५० भन्दा बढी उडान स्थगीत भएको नागरिक उड्ययन प्राधिकरण  लुक्लाले जनाएको छ । हवाई उडान प्रभावित भएपछि सोलु भित्रने क्रममा रहेका हजारौं पर्यटक मन्थलीमा नै अलपत्र परेका छन् । उडान प्रभावित भएपछि केही कम्पनीले भने हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिरहेका छन ।

मन्थली तर्फको मौसममा सुधार देखिएपनि लुक्लातर्फको मौसम एकदमै खराब भएकाले हवाईजहाजलाई अवतरण गर्न असजिलो भएको प्राधिकरणले जनाएको छ । लुक्लाको विमानस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा हवाईजहाज अवतरणमा समस्या भएकोले उडान प्रभावित बनेको हो ।

काठमाडौँबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौँदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिरहेका छन् । खराब मौसमका कारण हवाईजहाज लुक्लामा अवतरणमा समस्या भएकोले हजारौं पर्यटक मन्थलीमा अलपत्र परेका हुन् ।