नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

महिला स्वास्थ्य स्वयमसेविकाका लागि सार्वजनिक यातायात निशुल्क

ओखलढुङ्गान्युज, कात्तिक सामुदायीक महिला स्वास्थ्य स्वयमसेविकाहरुले कामका लागि सार्वजनिक यातायातको सवारी साधन निशुल्क चढ्न पाउने भएका छन् । आज (शुक्रबार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच गाडी निशुल्क चढ्न पाउने सम्झौता भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक गाडीमा भाडा नलिने सम्झौता गरेका हुन् । महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क सार्वजनिक गाडीको सेवा कात्तिक १५ गतेदेखि शुरू हुनेछ । सम्झौताबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने सरकारको विश्वास छ ।

निःशुल्क सार्वजनिक गाडी चढ्नका लागि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका पोशाकमा वा परिचयपत्र बोकेको र सार्वजनिक काममा हिडेको अबस्थमा मात्र सार्वजनिक गाडी प्रयोग गर्दा निशल्क यात्रा गर्न पाउनेछन् ।