नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

रवि लामिछाने विरुद्ध पक्राउ पूर्जि जारी, सिआईवीको टोली रास्वपा कार्यालयमा

ओखलढुङ्गान्युज, २ कातिक । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पक्राउ गर्न अनुमती दिएसँगै लामिछानेलाई पक्राउ गर्न पूर्जि लिएर सिआईवीको टोली रास्वपाको पार्टी कार्यालयमा पुगेको छ ।

कास्की जिल्ला अदालतबाट लामिछानेलाई पक्राउका लागि अनुमति पाएसँगै रास्वपाको पार्टी कार्यालयमा अहिले प्रहरीको बाक्लो उपस्थिती रहेको छ । पक्राउका लागि प्र्रहरीको ठूलो टीमसँगै सिआईबीको टोली पनि परिचालित भएको हो । लामिछानेलाई पक्राउ गरिेपछि आज राति नै पोखरा लैजाने तयारी प्रहरीले थालेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट प्रहरीले पक्राउको अनुमति लिएको हो । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

अदालतको अनुमतिमा प्रहरीले पक्राउ पूर्जि लिएर पार्टी कार्यालय आएपछि पत्रकार सम्मेलन गरेर रास्वपा सभापति लामिछानेले आत्मसमर्पण गर्ने तयारी गरेका छन् । पत्रकार सम्मेलन पछि आफ्नो सभापतिले प्रहरी समक्ष आत्मसमर्पण गर्ने रास्वपाका प्रबक्ता मनिष झा ले बताएका छन् ।