नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

ओखलढुङ्गामा कार दुर्घटना हुदा एक गम्भिर घाइते 

ओखलढुङ्गान्युज, १ कातिक । विहिवार मध्यान्ह ओखलढुङ्गामा कार दुर्घटना भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ११ सोब्रुमा आज (विहिवार) मध्यान्ह १२:२० बजेतिर कार दुर्घटना हुदा कारका चालक गम्भिर घाइते भएका हुन् ।

ओखलढुङ्गा सदरमुकामबाट सामुदायिक अस्पताल सोब्रु तर्फ जाँदै गरेको बा ४ च ७१३५ नम्बरको कार आफै अनियन्त्रित भइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । कार ओखलढुङ्गा रामपुर सडक खण्डको मिसन अस्पताल नजिकैको पक्की सडकमा सडकबाट करीब १५ मिटर तल खसेको थियो । 

कार दुर्घटनामा परी कारका चालक सिद्धिचरण नगरपालिका वडा नं. ११ मिलनचोक बस्ने २१ बर्षका सुनिल गिरी घाइते भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घाइते गिरीको सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।