नेपाली समय Loading...२०८१ चैत्र २९ शुक्रबार

बर्षातले अबरुद्ध विपि राजमार्ग आजबाट सञ्चालनमा आउदै

ओखलढुङ्गान्युज, २५ असोज । गत असोज १०–१२ को अविरल वर्षातका कारण अबरुद्ध बनेको बिपी राजमार्ग आजबाट सञ्चालनमा आउने भएको छ । निरन्तर वर्षा पछि आएको बाढी पहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग पूण रुपमा अवरुद्ध भएको थियो ।

अबरुद्ध विपी राजमार्ग

बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु¥याएको थियो । दशैको मुखैमा बाटो अबरुद्ध बनेपछि काठमाण्डौंबाट उक्त सडक प्रयोग गर्दै बाहिरीने सवारी साधन तथा यात्रुहरुले निकै दुखका साथ लामो रुटको प्रयोग गर्दै गाँउ तथा शहरको यात्रा गर्नुपरेको थियो । बर्षाका कारण भलबाढी आएपछि हजारौ यात्रुहरु बिपी राजमार्गमा ३–४ दिन सम्म अलपत्र समेत परेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, “बिपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोसी गाउँपालिका– ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार शुक्रबार बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ । आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनुभयो ।”

सरकारका केहि मन्त्रिहरुले बिपी राजमार्ग दशैं अगाडी नखुल्ने बताईरहेको बेला  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा आफै फिल्डमा पुगेर सडक खुलाउन नेतृत्व गरिरहेका छन् । दशैं अगाडी नै सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि प्रशस्तै जनशक्ति रातदिन नभनीकन फिल्डमा लगेको छ । सचिब शर्मा आफै रातदिन खटेका कारण पनि बिपी राजमार्ग आजबाट खुल्न लागेको हो ।

त्यसैगरि बाढीले बगाएको सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुलको ठाँउमा नेपाली सेनाले बेलीबृज जोड्न थालेको छ । दशैं अगाडी नै जडान सकाउने लक्ष्य लिईएको भएपनि केहि प्राबिधीक समस्याले उक्त बेलीबृजको निर्माण कार्य दशैं अगाडी नै नसकिने भएको छ । बेलीबृज निर्माणको कार्य भने अब दशैंको टिका लगत्तै सुरुवात हुने र तिहार अगाडी भने बेलीबृज निर्माण कार्य सम्पन्न भएर सञ्चालन आउने बताईएको छ ।