लिखु आउदै गरेको अरनिको गाडी दुर्घटना, १५ जना घाईते
ओखलढुङ्गान्युज, २३ असोज । दशैको यात्रु चढेका अरनिको यातायातको रिजर्भ गाडी बुधबार विहानै दोलखामा दुर्घटनामा परेको छ । गाडी दुर्घटनामा परि त्यसमा सवार मध्ये १५ जना घाईते बनेको छन् ।
बुधबार विहानै ओखलढुङ्गाको लिखु गाँउपालिकाको गाम्नाङ्गटार आउदै गरेको प्रदेश १ – ००६ ख ६३५ नम्बरको अरनिको यातायातको उक्त गाडी दोलखा जिल्लाको बोच भन्ने स्थानमा विहान ९ बजेतिर दुर्घटनामा परेको हो । लिखु गाँउपालिका वडा नं. ६, ७ गाम्नाङ्गटारका यात्रु लिएर रिजर्भ आएको उक्त बस सडकको भित्तामा ठोक्किएर सडकमा नै पल्टिएको थियो ।
बसमा सवार ३५ जना मध्ये १५ जना घाईते भएका हुन् । घाईतेहरुको उद्धार गरि हाल उपचारका लागि चरिकोटको चरिकोट सामुदायीक अस्पताल र च्छो रोल्पा अस्पतालमा पु¥याईएको छ । दुर्घटनामा परेको मध्ये ८ जनाको अबस्था मध्यम र ७ जनाको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । विरामी मध्ये ५ जनालाई चरिकोट सामुदायीक अस्पताल र १० जनालाई च्छो रोल्पा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
घाईते हुने मध्ये लिखु गाँउपालिका ६ का अन्जु थापाका १४ महिनाको छोरा ब्याङजल थापा, लिखु ७ का बर्ष २८ का रण बहादुर भट्टराई, रामेछापको लिखु तामाकोशी गाँउपालिका २ का २८ बर्षिया जेनिशा थापा, लिखु गाँउपालिका ७ की १८ बर्षिया अपेक्षा भट्टराई, सोहि स्थानकी ३५ बर्षिया सिता कटवाल, बर्ष २० की अञ्जु खड्का, ६ बर्षकी आरोषी खत्री र ३३ बर्षिया दिपा खत्रीको स्वास्थ्य अबस्था केही गम्भिर रहेको छ ।
त्यस्तै दुर्घटनामा परि सामान्य घाईतेहुनेहरुमा लिखु गाँउपालिका ६ की ३१ वर्षिया उमा पौडेल, लिखु ७ का ४० बर्षिया शोम बहादुर खत्री, ३२ वर्षका सुर्य बहाुर विडारी,३७ वर्षिया अञ्जु थापा, जेनीशा थापाका ४ महिनाको छोरा दिप्सन थापा, २९ बर्षका सरोज खत्री रहेका छन् । त्यस्तै लिखु ७ कै २९ वर्षिया सरोज खत्री, २४ बर्षिया भगवती श्रेष्ठ, २३ बर्षिय मनोज खत्री, १० वर्षिया गृष्मा खत्री, ५ वर्षका गृशल खत्री र २५ बर्षिया देबकी खत्रीको अबस्था भने सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुर्घटना के कारणले भयो भन्ने बारेमा थप विवरण भने अझै आउन बाँकी छ ।