आज वडा दशैंको पाचौं दिन स्कन्दमाताको पूजा आराधना गरिदै
ओखलढुङ्गान्युज, २२ असोज । आज बडा दशैंको छैठौं दिन । छैठौं दिन भएपनि आज भने यो वर्षको वडादशैको पाचौं दिनको कर्म गरिदै छ । अर्थात आज वडा दशै अन्तर्गत नवदुर्गा माताकी पाचौं स्वरुप स्कन्दमाताको पूजा आराधना गरिदैछ ।
यसपटकको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएके छ । मंगलबार बडादशैं अन्तर्गत पञ्चमी तिथी २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी रहेको र त्यसपछि भने त्यसपछि षष्ठी लाग्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नवरात्रमा प्रत्येक दिन एक–एक देवीको पूजा आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो ।