नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

चिशंखुगढीमा आगलागी हुँदा किराना पसल भएको घर जलेर नष्ट

ओखलढुङ्गान्युज, २० असोज । जिल्लाको चिशंखुगढी गाँउपालिकामा शनिबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिवार अपरान्ह ४ बजेतिर आगलागी हुँदा चिशंखुगढी गाँउपालिका वडा नं. १ कुइभिरका देशमान राइको घर जलेर नष्ट भएको हो । 

विद्युत सर्ट भएर अचानक आगलागी हुँदा राइको ढुङगा माटोको गारो, टिनको छानो भएको १ तले ३ कोठे घर जलेर नष्ट भएको हो । घर आगलागी हुँदा त्यहाँ रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन र सोहि घरमा रहेको किराना पसल भित्र रहेको सर-सामान समेत पुर्ण रुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

घर आगलागी बाट करीब ३ लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घर आगलागीमा मानविय र पशुचौपायाको भने कुनै क्षति नभएको पनि सुचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।