नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

मोलुङको च्यादीमा पहिरो, ८ घर जोखिममा

ओखलढुङ्गान्युज, १५ असोज । गत विहिवार देखी परेको भिषण पानीका कारण जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ७ को च्यादी भन्ने स्थानमा पहिरो गएको छ । मोलुङ ७ पात्लेको च्यादी भन्ने स्थानमा शोमबार विहान पहिरो जाँदा ८ घर जोखिममा परेको हो ।

पहिरोका कारण च्यादीका बाल कुमार नेपाल, दिल प्रसाद भट्टराई, नन्दीमाया दाहाल, तुलामाया तामाङ, छरीमाया तामाङ, भोला भट्टराई, अनिल वि.क.को घर जोखिममा परेको मोलुङ गाँउपालिका वडा नं. ७ पात्लेका वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिए । सुनुवारका अनुसार उक्त बस्ती भन्दा तलपटिको भागमा मोलुङ खोलाले तानेर पहिरो गएको हो । पुनः पानी परेमा उक्त बस्ती नै बग्ने जोखिम रहेकोले ति घर परिवार विस्थापित हुने सम्भावना रहेको वडा अध्यक्ष सुनुवारको भनाई छ ।

पहिरोले वस्ती नै जोखिममा परेपछि उक्त स्थानका नागरिकहरुलाई अन्यत्र सर्न भनिएको छ । तर अन्यत्र गएर पनि उनीहरुको बस्ने ठाँउ नभएकोले हाल उनीहरु त्यही नै बसीरहेका छन् । बस्तीलाई अन्यत्र सार्नका लागि पहल भैरहेको पनि वडा अध्यक्ष सुनुवारले जानकारी दिए ।