नेपाली समय Loading...२०८१ पुस ७ आईतवार

लिपे खोलाले बगाउँदा ओखलढुङ्गामा एक महिलाको मृत्यू 

ओखलढुङ्गान्युज, १३ असोज । जिल्लाको मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको सिमानामा रहेको लिपेर खोलाले बगाउँदा एक महिलाको मृत्यू भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं १ कुन्तादेवीकी ५२ बर्षिया दिल कुमारी श्रेष्ठ रहेकी छन् ।

केहिदिन अगाडि माइत सिद्धिचरण नगरपालिका वडा नं ९ ज्यामिरे आएकी श्रेष्ठ शुक्रबार र शनिवार परेको अविरल वर्षाका कारण मोलुङमा पनि बाढी आएकोले माइत नै रहेकी थिइन् । शनिवार बेलुकी देखी पानी पर्न रोकिएपछि उनी आइतबार (आज) घर तर्फ लागेकी थिइन् । उनी घर तर्फ लागेपनि घर पुगिनन् । घर फर्कदा खोला तरेर जानुपर्थ्यो । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको अनुमान गरिएको छ । 

आइतबार दिउँसो लिपे खोला किनारमा महिलाको शब फेला परेको खबर बाहिर आयो । शबको पहिचान गर्ने क्रममा शब फेला परेकी महिला श्रेष्ठको भएको सिद्धिचरण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विवेक खड्काले जानकारी दिए । शबलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको पनि वडा अध्यक्ष खड्काले जानकारी दिए ।