नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

ओखलढुङ्गामा पासपोर्ट सम्बन्धी सेवा अबरुद्ध

ओखलढुङ्गान्युज, १० असोज । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट प्रदान हुदै आएको राहदानी (पासपोर्ट) सम्बन्धिको सेवा आजबाट अबरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले आज एक सूचना जारि गर्दै राहदानी सम्बन्धीको सेवा अबरुद्ध बनेको जनाएको हो ।

गत असोज ७ गते देखी राहदानी विभागमा रहेको केन्द्रिय सर्भरको रिपिटर टावरको डिभाईसमा समस्या भएकोले जिल्लाबाट प्रदान हुदै आएको राहदानी सम्बन्धीको सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटले जनाएको छ । समस्या देखिएको डिभाईस मर्मतका लागि अझै केहिदिन लाग्ने मर्मत कार्यमा सहभागी प्राबिधिकहरुले बताएकाले तत्कालका लागि राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरु अबरुद्ध भएको कार्यालयले जनाएको हो ।

राहदानी सम्बन्धीको सेवा सूचारु हुन अझै केहिदिन लाग्ने भएकोले राहदानी सम्बन्धी सेवा लिनुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटको फोन नम्बर ०३७ ५२०१८२ मा सम्पर्क गरेर मात्र कार्यालयमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना मार्फत सबैमा अनुरोध गरेको छ ।