नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

सदरमुकाम ल्याउदै गरेको रक्सी प्रहरीको नियन्त्रणमा

 

ओखलढुङ्गान्युज, ९ असोज । चाडबाड नजिकिदै गर्दा ओखलढुङ्गा प्रहरीले सवारी चेकजाँचलाई कडाइ गर्न थालेको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले आज सदरमुकाम तर्फ आउदै गरेको ४५ लिटर अबैध मदिरा नियन्त्रणमा लिएको हो ।

जिल्लाको चिशंखुगढी गाँउपालिका ६ भदौरेबाट जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालिका तर्फ आउदै गरेको बोलेरो चेकजाँच गर्ने क्रममा प्रहरी चौकी निशंखेको टोलीले १७ वटा स्प्राइटको बोत्तलमा उक्त घरेलु रक्सी नियन्त्रणमा लिएको हो । उक्त घरेलु मदिरालाई नियन्त्रणमा लिएर स्थानिय जनप्रतिनिधि र स्थानिय नागरिकको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

चाडबाड नजिकिदै गर्दा मदिरा सेवनबाट समाजमा हुनसक्ने अमर्यादित क्रियाकलापलाइ नियन्त्रण गर्ने उद्देश्यले चेकजाँच तिव्रता दिएको र उक्त मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।