नेपाली समय Loading...२०८२ बैशाख ५ शुक्रबार

रामेछापको सुनारपानीमा बोलेरो दुर्घटना, वडा सदस्यको मृत्यु 

ओखलढुङ्गान्युज, ६ असोज । आइतबार दिउँसो रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ । बोलेरो दुर्घटना परि एक जना महिलाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन् ।

सदरमुकाम मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी आइतबार दिउँसो सुनारपानीमा दुर्घटनामा परेको हो । बोलेरो दुर्घटनामा परी मन्थली नगरपालिका वडा नं ४ सालुका वडा सदस्य पदम माया नेपालीको मृत्यु भएको हो । दुर्घटनामा परि त्यसमा सवार अन्य पाँच जना घाइते भएका हुन् । 

दुर्घटनामा परि घाइते हुनेहरुमा मन्थली नगरपालिका ४ का ३४ बर्षिया सिता नेपाली, २५ बर्षिया सुजिता रसाइली, २५ वर्षिया सरिता नेपाली, ६९ बर्षको दिलिप कुमार बरुवाल र बोलेरो चालक गुण कुमार थापा मगर रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटना परेका ५ महिने शिशु भने सकुशल रहेको पनि प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि घाइते भएकाहरुलाई तत्काल उद्धार गरि उपचारका लागी रामेछाप सामुदायिक अस्पताल मन्थली पुर्याइएको थियो । प्राथमिक उपचार पश्चात गम्भिर घाइते भएका दिलिप कुमार बरुवाल र बोलेरो चालक गुण कुमार थापामगरलाई थप उपचारको लागी काठमाण्डौँ पठाइएको छ ।

बाँकी ३ जना घाइतेको भने रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।