नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिताको उपाधी ओखलढुङ्गाका राई र तामाङलाई

ओखलढुङ्गान्युज, ६ असोज । चितवनमा सम्पन्न राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगितामा ओखलढुङ्गाका दुई वडा अध्यक्षको टीम विजयी बनेका छन् । संविधान दिवस २०८१ को अवसरमा पूर्वी चितवन स्पोर्टस क्लब रत्न नगर नगरपालिका–३ चितवनले आयोजना गरेका प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये जनप्रतिनिधी तर्फ ओखलढुङ्गाका दुई वडा अध्यक्षको जोडीले उपाधी जितेका हुन् ।

शुक्रबार सम्पन्न भएको फाइनल प्रतिष्पर्धामा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङ र मानेभन्ज्याङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष राम कुमार राईको जोडीले उपाधी जितेको हो । ओखलढुङ्गाका राई र तामाङको जोडीले धादिङ जिल्लाको गजुरी गाउँपालिकाका अध्यक्ष गशेणलाल श्रेष्ठ र काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको जोडीलाई सोझो सेटमा पराजित गरेका हुन् ।

विजेता बनेसँगै वडा अध्यक्षद्वयको टिमले नगद रु. ३१ हजार १११ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेताको टिमले १५ हजार १११ र तेश्रो हुने टिमले ७ हजार १११ रुपैया नगद सहित मेडल र प्रमाणपत्र हात पारेका छन् । संविधान दिवस २०८१ को अबसरमा विभिन्न सातओटा विधामा रहेर व्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको थियो । 

प्रतियोगिताका विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।