नेपाली समय Loading...२०८१ आश्विन ५ शनिबार

खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा खड्का निर्वाचित 

ओखलढुङ्गान्युज, ३ असोज । जिल्लाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा सानोबाबु खड्का निर्वाचित भएका छन् । आज ओखलढुङ्गामा भएको निर्वाचनमा खड्काले प्रतिष्पर्धात्मक मतका साथ विजयी बनेका हुन् ।

आज भएको निर्वाचनमा खड्काले २२१ मत प्राप्त गर्दै विजयी बने । त्यस्तै अध्यक्ष पदका प्रत्यासी रुपेश शाक्यले १६२ तथा अर्का प्रत्यासी अम्बिका श्रेष्ठले १५८ मत प्राप्त गरे ।

त्यस्तै कोषाध्यक्ष तर्फ विमला विश्वकर्माले आफ्ना प्रतिद्वन्द्वी रन्जु श्रेष्ठलाई पराजित गर्दै विजयी बनेकी छन् । कोषाध्यक्ष पदका उमेदवार विश्वकर्मा ले २५३ मत प्राप्त गर्दा श्रेष्ठले २३४ मत प्राप्त गरेकी थिइन । 

हिजो देखी सुरु भएको बार्षिक अधिबेशनमा कार्यसमितिको अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष र कोषाध्यक्ष पदमा भने सहमति हुन सकेको थिएन । अध्यक्ष पदमा ३ जना र कोषाध्यक्ष पदमा २ जनाले दावी नछाडेपछि दुइपदका लागि आज विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन भएको हो ।