नेपाली समय Loading...२०८१ आश्विन ५ शनिबार

ओखलढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मतदान सुरु

ओखलढुङ्गान्युज, ३ असोज । ओखलढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । विहिबार ११ बजेबाट समितिको अध्यक्ष र कोषाध्यक्ष पद १–१ का लागि मतदान सुरु भएको हो । 

समितिको हिजो बुधबारबाट सुरु भएको छैठौं साधारण सभा तथा अबिधेशनको उद्घाटन सत्र पश्चात सुरु भएको बन्द सत्र अन्तर्गत नयाँ कार्य समितिको चयन प्रकृया सुरुवात भएको थियो । बन्द सत्रमा समितिको नयाँ कार्यकालका लागि अन्य पदहरुमा निर्विरोध रुपमा सहमती भएपनि अध्यक्ष र कोषाध्यक्ष पदमा भने सहमती हुन नसकेको हो । 

अध्यक्ष र कोषाध्यक्ष पदका लागि बुधबार राती अबेरसम्म सहमतीको प्रयास भएपनि सहमती हुन नसकेपछि आज विहिबार ११ बजेबाट मतदान प्रकृया सुरु भएको हो । समितिको अध्यक्ष पद १ का लागि निवर्तमान उपाध्यक्ष रुपेश शाक्य, अम्बिका श्रेष्ठ तथा सानुबाबु खड्काका बीचमा प्रतिष्पर्धां हुदैछ । त्यस्तै कोषाध्यक्ष पद १ मा रञ्जु श्रेष्ठ र विमला कुमारी विश्वकर्माका बीचमा प्रतिष्पर्धा हुदैछ । 

ओखलढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा हाल ९६५ जना उपभोक्ता सदस्यहरु रहेका छन् । अहिले ११ बजेबाट सुरुवात भएको मतदान अपरान्ह २ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृत टुकराज निरौलाले जानकारी दिए ।