नेपाली समय Loading...२०८१ आश्विन ५ शनिबार

आजबाट धरहरा चढ्न सर्वसाधारणका लागि खुला

तस्वीर सामाजिक सञ्जाल

ओखलढुङ्गान्युज, ३ असोज । आजबाट धरहरा चढ्न सर्बसाधारणका लागि नेपाल सरकारले खुला गरेको छ । आज असोज ३ अर्थात संबिधान दिवसको अबसर पारेर सर्वसाधारणका लागि धरहरा चढ्न खुला गर्न लागिएको हो ।

वि.सं. २०७२ सालमा गएको विनाशकारी भूकम्पले धरहरालाई पूर्ण रुपमा ध्वस्त बनाएको थियो । ध्वस्त बनेको धरहरा भूकम्प गएको झण्डै ९ वर्ष पछि पुननिर्माण कार्य सम्पन्न भएर आजबाट सर्वसाधारणका लागि खुला गर्न लागिएको हो । सर्बसाधारणका लागि खुला गर्न लागिएपनि धरहराको निर्माण पूर्ण रुपमा भने नसकिएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरहराको ९८ प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

९८ प्रतिशत मात्र काम सम्पन्न भएपनि संबिधान दिवसको अबसर पारेर धरहरा चढ्न खुला गर्ने भनेर सरकारले निर्णय गरेपछि आज विहिबारबाट सर्बसाधारणका लागि खुला गरिएको हो । विहिबारबाट खुला गरिएको धरहरामा सर्बसाधारण चढ्दा के कस्तो रहन्छ भनेर बुधबार ५ बजे देखी नै परीक्षण स्वरुप सर्बसाधारणका लागि खुला गरिएको थियो ।

जदेखि खुला भएको धरहरा चढ्नका लागि कुनै शुल्क तिर्नु पर्दैन । केहि समय निशुल्क रुपमा धरहरा चढ्न पाइनेछ । धरहराको प्रधानमन्त्री केपी शर्मा वलीले २०७८ सालमा उद्घाटन गरेका थिए । पुन निर्माणको ४८ प्रतिशत काम हुदा नै सस्तो लोकप्रियताका लागि प्रधानमन्त्री वलीले उद्घाटन गरेको भनेर विरोध भएको थियो । अहिले धरहरा पुननिर्माणको ९८ प्रतिशत काम सकिएको बताइएको छ ।