नेपाली समय Loading...२०८१ आश्विन ३ बिहीबार

प्रबुद्ध मावि च्यानमका प्र.अ. खतिवडा एकहप्ता देखी सम्पर्क विहिन

ओखलढुङ्गान्युज, ३१ भदौ जिल्लाको सुनकोशी गाँउपालिका ७ च्यानमका प्रधानाध्यापक मधु प्रसाद खतिवडा सम्पर्क विहिन भएका छन् । विद्यालयले आज एक सूचना प्रकाशित गरेर प्रधानाध्यापक खतिवडा सम्पर्क विहिन भएको जानकारी गराएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘यस विद्यालयका प्रधानाध्यापक मधु प्रसाद खतिवडा विद्यालयको कामको शिलशिलामा भदौ १६ गते राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लहानमा जानुभएको र त्यस पश्चात पारिवारीक भेटघाटमा काठमाण्डौंमा पुगी भदौ २१ गते विद्यालय जान्छु भनि परिवारसँग विदा लिई निस्कनु भएको र त्यस पश्चात हालसम्म पनि सम्पर्क विहिन हुनु भएकोले विद्यालय व्यबस्थापन समितिको निर्णय अनुसार विद्यालयमा हाजिर हुन आउनका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै कुनैपनि महानुभावहरुले फेला पार्नु भएमा नजिकको प्रहरी कार्यालय वा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष वा विद्यालयका निमित्त प्रधानाध्यापकको फोन नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।’

प्रधानाध्यापक खतिवडाले विद्यालयको काम लिएर राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहान गएका थिए । लाहान पुगेपछि उनी पारिवारीक भेटघाटका लागि काठमाण्डौं समेत पुगेका थिए । पारिवारीक भेटघाट पश्चात २१ गते विद्यालय जान्छु भनेर घरबाट हिडेको र अहिलेसम्म विद्यालयको सम्पर्कमा नपुगेको तथा परिवारको सम्पर्कमा पनि नरहेको परिवार श्रोतले जनाएको छ ।