नेपाली समय Loading...२०८१ आश्विन ३ बिहीबार

आज ६० औं राष्ट्रिय बालदिवसः लिखुमा हाजिरी जवाफ प्रतियोगिता

ओखलढुङ्गान्युज, २९ भदौ आज ६० औं राष्ट्रिय बालदिवस । जिल्लाको लिखु गाँउपालिकामा पनि बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी नाराका साथ गाँउपालिका स्तरीय अन्तर आधारभूत तथा माद्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरि मनाईएको छ ।

गाँउपालिका शिक्षा शाखाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा १२ विद्यालय सहभागी भएका थिए । सहभागी विद्यालय मध्ये यसम मावि यसम प्रथम, पोखरी आवि पोकली दोश्रो, जनजिवन मावि पोकली तेश्रो तथा भिमसेन स्थान मावि नर्मदेश्वरले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

त्यसैगरि माद्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा लेति मावि पोकली प्रथम, यसम मावि यसम दोश्रो, जनजिवन मावि पोकली तेश्रो तथा जाल्पा मावि टारकेराबारीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको थियो । माद्यमिक विद्यालय स्तरीय प्रतियोगितामा गाँउपालिकाका आठओटा माद्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेता विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गाँउपालिका अध्यक्ष अशोक कार्की, उपाध्यक्ष अस्मिता थापा तथा प्रमुख प्रशासकिय अधिकृत अर्जुन कुमार रावतले मेडल प्रमाणपत्रका साथमा पुरस्कार स्वरुप स्टेशनरी प्रदान गरेका थिए ।

कार्यक्रमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाँउपालिका अध्यक्ष कार्कीले विद्यालय र विद्यार्थीको क्षमता विकासमा सहयोग पु¥याउन तथा विद्यालयका अबस्था विश्लेषणका लागि पालिका स्तरीय कार्यक्रमको आयोजना गरिएको बताए । प्रमुख अतिथि अध्यक्ष कार्कीले पालिका स्तरीय यस्तो कार्यक्रमले विद्यार्थीको क्षमता विकासका लागि टेवा पूग्ने अपेक्षा समेत रहेको बताए ।

त्यस्तै विशेष अतिथी गाँउपालिका उपाध्यक्ष अस्मिता थापाले गाँउपालिकाले आयोजना गरेको यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता विकाससँगै आफ्नो हक र अधिकारका विषयमा थप ज्ञान प्राप्ति हुने बताए । विद्यार्थीहरुले आफ्नो अधिकार बुझेर अगाडी बढे भविष्यमा सुन्दर समाज निर्माणका लागि योग्य नागरिक बन्न सफल हुने उपाध्यक्ष थापाको तर्क रहेको थियो ।