नेपाली समय Loading...२०८१ आश्विन ३ बिहीबार

सरकारले पठायो ओखलढुङ्गाको मोलुङ र चम्पादेवीमा नयाँ प्रमुख प्रशासकिय अधिकृत

ओखलढुङ्गान्युज, २७ भदौ लामो समय देखि निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा चलेको जिल्लाको चम्पादेवी गाँउपालिकामा सरकारले प्रमुख प्रशासकिय अधिकृत पठाएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोक्ने क्रममा चम्पादेवी गाँउपालिकामा पनि लामो समयपछि प्रमुख प्रशासकिय अधिकृत पठाएको हो ।

चम्पादेवी गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा दिपक श्रेष्ठलाई जिम्मेवारी दिएको छ । त्यस्तै गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर खाली रहेको मोलुङ गाँउपालिकामा पनि मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत पठाएको छ । मोलुङ गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सन्दिपा खड्कालाई जिम्मेवारी दिएर पठाएको हो ।

१०० जनालाई प्रमुख प्रशासकिय अधिकृतमा सिफारिस गरेर पठाएसँगै लामो समयदेखी १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी रहेको छ । मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् । भदौ १३ गते एकैदिन १०६ जना शाखा अधिकृतहरु स्टाफ कलेजबाट दीक्षित भएका थिए ।

उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकामध्ये आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ ।