नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

पूर्व मुख्यमन्त्री कार्कीले तोडे अनसन

अनशन तोड्दै मुख्यमन्त्री कार्की

ओखलढुङ्गान्युज, २७ भदौ आफूले राखेको माग पूरा गर्ने प्रदेश सरकारले प्रतिबद्धता गरेपछि पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनसन तोडेका छन् । प्रदेश सरकारको तर्फवाट आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले पूर्व मुख्यमन्त्री कार्कीले गरेको आमरण अनशन स्थलमा नै पुगेर लिखित सम्झौता गरेपछि बुधबार राती नै अनसन ताडेका हुन् ।

आफ्नो माग पूरा गर्न प्रदेश सरकार तयार भएपछि कार्कीले विराटनगर ६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातवाट जुस खाएर अनसन तोडेका हुन् । अनसन तोडेपछि कार्कीले आफ्नो माग पूरा गर्न सरकार सहमत भएकोले अनसन तोडेको बताए । सरकारको सन्देश दिनका लागि अनसन स्थलमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारी उपस्थित थिए ।

गत आईतबार कार्कीले जनप्रिय नौ बुँदे माग राख्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका थिए । आफूले दिएको ४८ घण्टे अल्टिमेटम समयमा आफ्नो माग पूरा नभएपछि मंगलबार साँझबाट कार्की अनसन बसेका थिए । प्रदेश सरकारले तोकेको निषेधित क्षेत्रमा नै कार्की अनसन बसेपछि राति प्रहरीले धरपकड गर्दै कार्कीलाई उठाएर घर पु¥याएको थियो ।

अनसन बसेको स्थानबाट प्रहरीले हटाएपछि पूर्व मुख्यमन्त्री कार्कीले पुन प्रदेश सभा कार्यालय अगाडीको देवकोटा चोकमा आमरण अनसन सुरु गरेका थिए । आमरण अनसन सुरुवात गरेको झण्डै २४ घण्टा पछि सरकारले कार्कीसँग सहमती गरेको हो ।