नेपाली समय Loading...२०८१ पुस ७ आईतवार

आगामी दशैंमा नयाँ नोट हैन असोज १३ बाट सुकिला नोट

फायल तस्वीर

ओखलढुङ्गान्युज, २७ भदौ । यस वर्षको दशैंमा नयाँ नोट नपाईने भएको छ । यस पटकको दशैंमा नयाँ नोटको बदलामा  नेपाल राष्ट्र बैङ्कले असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ ।

विगतका वर्षहरु नेपाल राष्ट्र बैंकले राष्ट्रिय बाणिज्य बैंकबाट मात्र साना दरका नयाँ नोटको सटही सुबिधा दिएको थियो । यस पटक भने बैंक तथा वित्तिय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्न सकिने ब्यबस्था गरिएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैङ्कले यसपालि सुकिला नोटले काम चलाउने लागेको हो । दशैंतिहारलक्षित नयाँ नोट सहटी गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरे को राष्ट्र बैङ्कले जनाएको छ ।

यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैङ्कले जनाएको छ । सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने र दशैंमा नयाँ नोट छापेर बजारमा पठाउदा ती नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेकोले यसलाई कम गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको जनाएके छ । राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ ।