नेपाली समय Loading...२०८१ माघ २ बुधबार

आज विश्व आत्महत्या रोकथाम दिवस, ओखलढुङ्गामा पनि विविध कार्यक्रम

ओखलढुङ्गान्युज, २५ भदौ । आज सेप्टेम्बर १० तारिख । आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

दिवस अन्तर्गत ओखलढुङ्गाको लिखु गाँउपालिका र अन्य गाँउपालिकाहरुमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । दिवस अन्तर्गत लिखु गाँउपालिकाको यसम मावि यसममा लिखु गाँउपालिका र टिपिओ नेपालको सहयोगमा निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । निबन्ध लेखन प्रतियोगिता पश्चात विद्यालयका विद्यार्थीहरुले विभिन्न नाराहरु लेखिएको प्ले कार्ड सहित निश्किएको ¥यालीले विद्यालय परिक्रमा गरेको थियो ।

¥याली पश्चातको औपचारिक कार्यक्रमलाई लिखु गाँउपालिकाका अध्यक्ष अशोक कार्की, उपाध्यक्ष अस्मिता थापा लगायतले सम्बोधन गर्दै आत्महत्या के हो र कसरी रोकथाम गर्न सकिन्छ ? त्यसमा विद्यार्थीहरुको भूमिका के रहन सक्छ भन्ने विषयमा बताएका थिए । कार्यक्रममा निवन्ध लेखन प्रतियोगिताका विजयी छात्र–छात्राहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको थियो ।

त्यस्तै भिमसेन स्थान मावि नर्मदेश्वरका विद्यार्थीहरुले पनि विभिन्न जनचेतना मूलक नारा लेखिएको प्ले कार्ड सहित नारा जुलुस गर्दै विद्यालयवाट स्वास्थ्य चौकी सम्म पुगेका थिए । पुन स्वास्थ्य चौकीबाट वडा कार्यालय हुदै विद्यालयमा आई पुगेर ¥याली समापन भएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ । विश्वभर प्रतिवर्ष ८ लाखभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ ।  नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका सरकारी तथ्याङ्क छ ।