नेपाली समय Loading...२०८१ आश्विन १ मंगलवार

चिशंखुगढीमा भिषण वर्षातका कारण अधिकांश सडक अबरुद्ध

 

ओखलढुङ्गान्युज, २० भदौ बुधबार देखी परेको निरन्तर वर्षातका कारण चिशंखुगढीका अधिकांश सडकहरु अबरुद्ध बनेका छन् । बर्षातका कारण गाँउपालिका भित्र रहेका अधिकांश सडकहरुमा भलले खोल्सी बनाउनुका साथै खोल्सामा पानीले बाटो भत्काएको छ । पानीका कारण सडकका विभिन्न स्थानहरुमा ढिस्को झरेर बाटो अबरुद्ध बनेको हो ।

निरन्तर वर्षातका कारण चिशंखुगढी गाउँपालिकाबाट जिल्ला सदरमुकाम ओखलढुङ्गा तथा काठमाण्डौं जाने र काठमाण्डौं तथा जिल्ला सदरमुकामबाट गाँउपालिका भित्रने सवारी साधन बीचमा रोकिएका छन् । अबरुद्ध बनेका सडकहरुलाई गाँउपालिकाले खोल्ने प्रयास गरिरहेको तथा अबरुद्ध बनेका सडकलाई सूचारु गराउन केहिदिन लाग्न सक्ने भएकोले सावधानी अपनाएर आवागमन गर्न चिशंखुगढी गाँउपालिका अध्यक्ष निशान्त शर्माले सामाजिक सञ्जाल मार्फत अनुरोध गरेका छन् ।

वर्षातले अबरुद्ध बनाएको चिशंखुगढी २ धुसेनीको सडक खुलाउन गएको स्काभेटर चिशंखुगढी गाँउपालिका ३ दियालेमा फसेको छ । स्काभेटर निकालेर अबरुद्ध बनेका सडकहरु खुलाउने काम हुने गाँउपालिका अध्यक्ष शर्माले जानकारी दिए ।