नेपाली समय Loading...२०८१ आश्विन १ मंगलवार

सुनकोशी गाँउपालिकाको कटुञ्जे माविमा पहिरो जाँदा विद्यालय जोखिममा

ओखलढुङ्गान्युज, २० भदौ निरन्तर वर्षात पछि जिल्लाको सुनकोशी गाँउपालिका वडा नं. ९ कटुञ्जेमा रहेको कटुञ्जे मावि कटुञ्जेको भवन नजिकै पहिरो गएको छ । विद्यालयको पक्की भवनको एकातर्फको सुरवाट पहिरो जादा विद्यालय भवन जोखिममा परेको छ ।

बुधबार देखी परिरहेको निरन्तर वर्षातका कारण विद्यालयको पक्की भवनको सुरबाट नै पहिरो गएर विद्यालय जोखिममा परेको कटुञ्जे मावि कटुञ्जेका प्रधानाध्यापक कृष्ण प्रसाद पुडासैनीले जानकारी दिए । विहिबार विहानसम्म पानी परिरहेको र पानीले विद्यालयको भवन थप क्षति नहोस् भनेर पहिरोमा त्रिपाल लगाउने प्रयास भैरहेको प्रधानाध्यापक पुडासैनीले बताए । विद्यालयमा हाल २ सय २६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

निरन्तर वर्षातका कारण सुनकोशी गाँउपालिकाको वडा नं. ९, १० का अधिकांश स्थानहरुमा पानीको भलले खोलेर सडक क्षत विक्षत भएको समेत प्रधानाध्यापक पुडासैनीले जानकारी दिए । बाटो क्षतिग्रस्त भएकोले उत्त स्थानको सडक प्रयोग गर्दा सावधानी पूर्वक यात्रा गर्न समेत प्रधानाध्यापक पुडासैनीले अनुरोध गरे ।