नेपाली समय Loading...२०८२ बैशाख ५ शुक्रबार

मोबाइल चार्ज गर्दा करेन्ट लागेर चिशंखुगढीमा एक गम्भिर घाइते

ओखलढुङ्गान्युज, १९ भदौ । मोबाइल चार्ज गर्ने क्रममा ओखलढुङ्गामा एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको चिशंखुगढी गाँउपालिका वडा नं. ४ कजुवाकी ३२ बर्षिया धन कुमारी बस्नेत (गिरी) रहेकी छन् ।

आज बुधवार दिउसो आफ्नै घरमा मोबाइल चार्ज गर्न विद्युतको प्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा अचानक करेन्ट लाग्दा बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । 

करेन्ट लागेर गम्भीर घाइते भएकी बस्नेतलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात थप उपचारको लागि सामुदायीक अस्पताल मिसन सोब्रुमा ल्याइएको सुचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।