नेपाली समय Loading...२०८१ चैत्र २९ शुक्रबार

ओखलढुङ्गामा चट्याङले लागेर ४ पशु चौपायाको मृत्यु 

ओखलढुङ्गान्युज, १४ भदौ । ओखलढुङ्गा जिल्लाको सुनकोशी गाँउपालिकामा चट्याङले लागेर चारवटा पशु चौपायाको मृत्यु भएको छ । विहिवार साँझ ५ बजेतिर पानीसँगै परेको चट्याङले लागेर सुनकोशी गाँउपालिका ९ ककनीका गुम बहादुर तामाङको चारवटा पशु चौपायाको मृत्यु भएको हो । 

चट्याङले लागेर तामाङको गोठमा बाँधेर राखेको दुइवटा गोरु, १ लैनो गाई र १वटा सानो बाछीको मृत्यु भएको हो । चट्याङले लागेर तामाङको घरमा रहेको सोलार प्यानल सेट र उनका छिमेकी धन बहादुर राईको घरमा रहेको सोलार प्यानल सेटमा पनि क्षति भएको तथा मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।