नेपाली समय Loading...२०८१ चैत्र २९ शुक्रबार

रुम्जाटारमा घर लड्दा पशु चौपाया क्षति

ओखलढुङ्गान्युज, भदौ विहिबार अपरान्ह देखी परेको निरन्तर वर्षातका कारण ओखलढुङ्गाको रुम्जाटारमा घरसँगै रहेको मतान लडेको छ । घरसँगै जोडिएर रहेको मतान लड्दा मतान भित्र रहेको पशु चौपाया क्षति भएका छन् ।

विहिबार अपरान्ह देखि परेको अविरल वर्षातका कारण सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा शुक्रबार विहान ९ बजेतिर रिना गुरुङको घरसँग नै जोडिएर रहेको मतान लडेको हो । मतान लड्दा त्यहाँ रहेका चारओटा खसी पुरिएका हुन् । काँचो ईटाको गार्हो र टिनको छानो भएको मतान लडेको हो ।

मतान भत्किएर चारवटा खसी पुरिदा एउटा खसी मरेको छ भने तिनओटालाई स्थानीयको सहयोगमा जिवितै निकालिएको छ । मतान लडेर चारवटा खसी क्षति भएपनि अन्य मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । निरन्तर परिरहेको अविरल वर्षातका कारण जिल्लाका विभिन्न स्थानहरुमा भित्री सडकहरु समेत अबरुद्ध बनेका छन् ।