नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

नेपाल आइडलका विजेता रवि ओड जापान रेमिट फाईनान्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त

ओखलढुङ्गान्युज, ३ भदौ । टोकियो, जापान । जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिटेन्स सेवाहरूमा प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। 

ब्राण्ड एम्बेसडर नियुक्तिको औपचारिक एक कार्यक्रममा जापान रेमिट फाईनन्सका म्यानेजर ऋषी आचार्यले रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि सरल, सहज र पहुँचयोग्य बनाउने लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति रवि ओडसँग साझेदारी गरिएको बताए । रवि ओड सँग साझेदारी गर्न पाउदा गर्न पाउँदा आफुहरु निकै उत्साहित भएको म्यानेजर आचार्यले बताए । रवि ओड धेरैको मन मस्तिष्कमा बस्न सफल भएका लोकप्रिय कलाकार हुनुका साथै उनीसँगको यो साझेदारीले कम्पनीको दृश्यतालाई उल्लेखनीय रूपमा बढवा दिदै सेवालाई अझै लोकप्रिय बनाउनेमा विस्वस्त रहेको समेत म्यानेजर आचार्यले बताए ।

यसैविच जापान रेमिट फाईनान्सको ब्राण्ड एम्बेसडर नियुक्त भएका रवि ओडले पनि आफू जापानको प्रत्यासित रेमिट्यान्स कम्पनी संग जोडिएर ब्राण्ड एम्बेसडर हुन पाउदा निकै खुशी लागेको बताए । उनले यस कम्पनीका लागी आफुले सकेको तनमन लगाएर जापानमा रहेका सम्पुर्ण नेपाली र नेपालबाट जापान जाने नयाँ नेपालीहरुलाई जापान रेमिट फाईनान्सबाटै रेमिट्यान्स गरौं भन्ने सन्देश सहित प्रवर्द्धन गर्ने बताए ।

कार्यक्रममा ओडले सामान्य अवस्थादेखि यहाँसम्म आउँदा जापानमा रहेका सम्पुर्ण प्रवासी नेपाली समक्ष आफू यसरी जोडिन पाउँदा आफूलाई निकै सौभाग्य ठानेको बताए ।

विगत लामो समय देखी जापान रेमिट फाईनान्स (जेआरएफ) द्वारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ । जापानको टोकियोमा सन् २०१२ बाट सञ्चालनमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ । विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको यस रेमिट्यान्स कम्पनीले सेवाग्राहीको कामलाई अझ सजिलो तरिकाले छिटो र सहज बनाउको लागी विभिन्न आफ्नो जेआरएफ कार्ड (JRF Card) हरु पनि लन्च गर्दै आईरहेको छ । 

अहिले सेवाग्राहीले जेआरएफ ईको कार्ड (JRF ECO CARD)र जेआरएफ बल्याक कार्ड (JRF BLACK CARD)अत्याधिक मात्रामा रुचाउदै प्रयोग गरिरहेका छन् । पछिल्लो समय जापान रेमिट फाईनान्सको मोबाईल एप्लिकेशन JRF WALLET बाट किनमेल घरमै बसी बसी गर्न सकिने भएको हुदाँ सबैको रोजाईमा पर्न सफल भएको छ । मोबाईल एप्लिकेशनबाट नेपालमा ईसेवा,खल्ती पे,आईएमई पो, प्रभु पे मा उच्च विनिमयदरमा सहजै पैसा पठाउन मिल्ने भएको हुदाँ सेवाग्राहीलाई निकै सहज भएको छ।

जापान रेमिट फाईनान्सको मोबाईल एप्लिकेशन JRF WALLET बाट पैसा पठाउन र पैसा झिक्न पनि मिल्ने छ । वालेट मार्फत जापानको बैंकहरुमा पनि डोमेस्टिक बैंकिङ् कारोबार गर्न सकिन्छ।