नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ओखलढुङ्गान्युज, ३२ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार विहान राती १ बजेबाट लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

आयल निगमले विहिवार साँझ एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको जनाएको हो । जारी विज्ञप्ती अनुसार निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

भारतीय आयल कर्पोरेशनबाट पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ९६ पैसा घटेर आएकोले सोहि अनुसार सन्चालक समितीको बैठकले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको आयल निगमले जनाएको छ ।