नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

ओखलढुङ्गामा एसईईको पुरक परीक्षाको तयारी पूरा

फायल फोटा

ओखलढुङ्गान्युज, २२ साउन भोली अर्थात साउन २३ गते देखी हुने एसईईको पूरक परीक्षाको तयारी पूरा भएको छ । ओखलढुङ्गा जिल्लामा तीनओटा सेन्टरमा हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ ।

साउन २३ देखी हुने परीक्षाका लागि ओखलढुङ्गा जिल्लामा गाँउपालिकालाई अलिक सहज हुने गरेर तीन ओटा सेन्टर तोकिएको छ । भोली देखी परीक्षा सञ्चालन हुने सेन्टरहरुमा खिजिदेम्बा गाउँपालिकाको चण्डेश्वरी मावि रगनी, सिद्धिचरण नगरपालिकाको सगरमाथा जनता मावि र मानेभञ्ज्याङ्गको भगवती मावि मानेभञ्ज्याङ्गलाई केन्द्र तोकिएको छ ।

भोलिदेखी हुने परीक्षामा ओखलढुङ्गाबाट ८३ वटा माद्यमिक विद्यालयका साधारण धार तर्फ १ हजार ६२ जना र प्राविधिक धार तर्फ ३३ जना गरि १ हजार ९५ जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । भोलिदेखी हुने परीक्षामा चण्डेश्वरी मावि रगनीमा लिखु गाँउपालिका र खिजिदेम्बा गाँउपालिकाका सबै विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।

त्यस्तै सगरमाथा जनता मावि ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाँउपालिका, मोलुङ्ग गाँउपािलका र सुनकोशी गाँउपालिकाका चारओटा माविका परीक्षार्थीहरु परीक्षामा सहभागी हुनेछन् । उता भगवती मावि मानेभञ्ज्याङमा पनि सुनकोश गाँउपालिकाका चारओटा मावि, मानेभञ्ज्याङ्ग गाँउपालिका र चम्पादेवी गाँउपालिकाका सबै विद्यार्थी परीक्षार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ ।

अघिल्लो वर्षसम्म डी प्लस ग्रेड ल्याउने विद्यार्थीले पनि कक्षा ११ मा अध्ययनका लागि अबसर पाउथे । तर यस पटक नयाँ ग्रेडिङ पद्धती अनुसार २ ओटा विषयमा ननग्रेड ल्याउने विद्यार्थीलाई फेल गराईएको छ । दुई विषयमा ननग्रेड ल्याएका विद्यार्थीलाई मौका परीक्षा र ग्रेड बृद्धी गर्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अबसर दिने गरेको भएपनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वका शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षा ऐनलाई सम्शोधन गर्दै दुई विषयमा ननग्रेड ल्याउने देखी परीक्षामा फेल हुने सबै विद्यार्थीलाई परीक्षामा सहभागी हुने अबसर दिएको छ ।