नेपाली समय Loading...२०८२ बैशाख ५ शुक्रबार

ओखलढुङ्गाको मानेभञ्ज्याङ्गमा सुमो गाडी दुर्घटना, १२ जना घाईते

 

ओखलढुङ्गान्युज, १८ साउन जिल्लाको मानेभञ्ज्याङ्ग गाँउपालिकामा यात्रु बाहक सुमो गाडी दुर्घटनामा परेको छ । धरानबाट यात्रु बोकेर ओखलढुङ्गा तर्फ आउदै गरेको  को १ ज २८३५ नम्बरको सुमो सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्याङ्ग गाँउपालिका वडा नं. ५ जेरुङ गाँउ काउलेपानी भन्ने स्थानमा शुक्रबार (आज) दिउँसो साँढे २ बजे तिर दुर्घटनामा परेको हो ।

सुमो गाडी दुर्घटनामा परि त्यसमा सवार चालक सहित १२ जना नै घाईते भएका छन् । घाईते हुनेहरुमा मोरंङ जिल्लाको सुन्दर हरैंचा नगरपालिकाका १९ बर्षका सुमन लिम्बु, सोही स्थानका चालक ५० बर्षिय उदय लिम्बु रहेका छन् । त्यस्तै ओखलढुङ्गा जिल्लाको चिशंखुगढी गाँउपालिका १ कुईभिरका २५ बर्षिया राधिका राई, सोहि स्थानकी ८६ बर्षिया धनमाया मगर, उनको नाती २० बर्षिया शेखर मगर घाईते भएका छन् ।

त्यस्तै दुर्घटनामा परि चिशंखुगढी गाँउपालिका १ कुईभिर कै २८ बर्षि सुनिता राई, उनको ३ बर्षको छोरा कवाङ तामाङ, २५ बर्षिया बेनि बहादुर कार्की, २१ बर्षिया किरण कार्की, ५६ बर्षिया सिता कुमारी निरौला, ६० बर्षका पेषल कुमार निरौला, कोशी प्रदेश कार्यालयबाट जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा खटिइ आएका ३९ बर्षका प्रहरी हवल्दार पुण्य बहादुर कार्की रहेको सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

दुर्घटना स्थलबाट स्थानीय र प्रहरीको सहयोगमा घाईतेहरुको उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल मिसन सोब्रु पठाईएको थियो । ओखलढुङ्गा तर्फ आउदै गरेको उक्त सुमो गुडिरहेको अबस्थामा अचानक अनियन्त्रित भएर सडकबाट करीब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

दुर्घटनाको कारणको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।